लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
रुपन्देही

        Loading...
nepal

परिचय

राज्य पुनःसंरचना भएपश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार सञ्चालनमा आएका छन् । प्रदेश नं. ५ सरकारको स्थापना पश्चात मिति २०७४ फाल्गुन ०३ गते गठन भएका मन्त्रालयहरु मध्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि एक हो । प्रदेश नं. ५ प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई उद्योग, वाणिज्य, आपुर्ति, पर्यटन, वन, वातावरण, संस्कृती र पुरातत्व संरक्षण सम्बन्धी ६२ वटा कार्य जिम्मेवारी तोकिएको छ । यस मन्त्रालय मातहत २ वटा निर्देशनालय, १ वटा अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २८ वटा कार्यालय र ८६ वटा सव-डिभिजन वन कार्यालय स्थापना पछी सञ्चालनमा रहेका छन् ।